ताजा समाचार

आगलागीबाट रु बीस लाखको क्षति

 

कलैया, १५ वैशाख। कलैया उपमहानगरपालिका– २१ घोडाह गाउँमा गएराति एक घरमा अचानक आगलागी हुँदा करिब रु २० लाखको सम्पति क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घोराह बस्ने उपेन्द्र चौधरीको घरमा अचानक विद्युत् सट भई आगलागी हुँदा खाद्यान्न, लत्ताकपडा गर गहनासमेत गरी रु २० लाखको क्षति भएको हो ।

आगलागी हुँदा घरमा महिला मात्र भएको र आगलागी भएका बखत घरबाट सरसामान बाहिर ल्याउँदा गहनाचोरी समेत भएको पीडित परिवारबाट थाहा भएको छ । आगो स्थानीयवासीबाट नियन्त्रण गरिएको थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org