ताजा समाचार

मृत्युदण्डको सजाय पाएका उमेशसंग पाकिस्तानी परिवारले माग्यो ३० लाख ब्लडमनी

काठमाडां,१५ वैशाख । पाकिस्तानी नागरिकको हत्या गरेकाे अाराेममा साउदीको अदालतले मृत्युदण्ड सुनाएका धनुषाका उमेश यादवसँग पीडित परिवारले ३० लाख ब्लड मनी मागेको छ ।

मृत्युदण्ड पाएका उमेशलाई माफी दिन तयार भएको वासिफको परिवारले उमेशसँग ३० लाख पाकिस्तानी पैसा मागेको उमेशका तर्फबाट माफी माग्न पाकिस्तान पुगेका सरोज रायले जनाएका छन् ।

परिवारले पाकिस्तानी ३० लाख अर्थात झण्डै २८ लाख रुपैयाँ ब्लडमनी मागेको छ । ब्लडमनी तिर्नुपर्ने समय भने उल्लेख गरिएको छैन । परिवारसँग भएको सहमतिका विषयमा पाकिस्तानमा रहेको नेपाली दूतावास र परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराइएको छ ।

११ वर्ष अघि पाकिस्तानी नागरिक मोहम्मद लकी वासिफको हत्या गरेको अभियोगमा पक्राउ परेका उमेशलाई साउदीको अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org