ताजा समाचार

संसदीय समितिका सभापतिद्वारा शपथ ग्रहण

पोखरा, १६ वैशाख।  प्रदेश नं ४ का चारवटै संसदीय समितिका सभापतिले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

समितिको सभापतिका लागि शनिबार निर्धारित निर्वाचन तालिकाअनुसार चारवटा समितिमा एक÷एक जनाको मात्र उम्मेदवारी परेपछि विधायन समितिमा एमालेका मोहनप्रसाद रेग्मी, सार्वजनिक लेखा समितिमा नेपाली काँग्रेसका कुमार खड्का, अर्थ तथा विकास समितिमा नेकपा ९माओवादी केन्द्र०का दीपक कोइराला र प्रदेश मामिला समितिमा जनमोर्चाका कृष्ण थापा निर्विरोध बन्नुभएको हो ।

चारवटै समितिका सभापतिलाई आज सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org