अध्यक्ष प्रचण्डसँग इजरायली राजदूतको भेट
काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इजरायलका राजदूत बेन्नी ओमरले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
अध्यक्ष निवास खुमलटारमा आज भएको भेटमा अध्यक्ष प्रचण्डले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय कार्य भएको बताए ।
उनले भने, “नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजरायलको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।” उनले कमा आधारित उद्योगका लागि आफूहरु इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए ।
“इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हो,” उनले भने । इजरायलका राजदूत ओमरले आफूहरु नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार रहेको बताए ।
उनले भने, “मौरीपालन, फलफूल र तरकारी उत्पादन हाम्रा मुख्य प्राथमिकताका विषय हुन् । यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौँ ।” ‘सिकाैँ र कमाऔँ’ भन्ने नीति आफूहरुको रहेको बताउँदै राजदूत ओमरले नेपालमा व्यावसायिक तालीम केन्द्र खोल्न इच्छुक रहेको पनि बताए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
‘‘संविधानको पूर्ण कार्यान्वयन भए जनताको निराशा हटनेछ’’: मन्त्री गुरुङ
काठमाडौं । संविधान कार्यान्वयनका नौ वर्षलाई हेर्दा निराश हुनुपर्ने अवस्था छैन । विश्वका अन्य देशमा नयाँ संविधान बनिसकेपछिको अभ्याससँग तुलना...
-
संवैधानिक स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । संविधान दिवसका अवसरमा आज...
-
संविधानको मर्मअनुरुप काम गर्नुपर्छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको मर्मअनुरुप कार्यसम्पादन गर्नुपर्नेमा जोड दिएका छन् । साथै उनले मुलुकलाई सामाजिक न्यायसहित...