ताजा समाचार

पार्टी एकतापछि मेरो अवस्था के हुन्छ भन्ने सोचाइ दूर्भाग्यपूर्ण ः पोखरेल

काठमाडौं,१८ वैशाख। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकतापछि मेरो अवस्था के हुन्छ भन्ने सोचाइ दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

मंगलबार नेपाल ट्रेड युनियन महासंघ जिफन्टको कार्यक्रममा उनले भोलि आफू कहाँ सुरक्षित हुने भनेर सोच्नु उपयुक्त नहुने बताएका हुन् ।

उनले भने, ‘आफूलाई केन्द्र गरेर, एकतापछि मेरो के हुन्छ भनेर माथिका र तलकाले पनि सोच्छन् भने यो दुर्भाग्यपूर्ण कुरा हो, ‘भोलि मेरो थान्को मान्को कहाँ हो भनेर सोच्ने हो भने यो दुर्भाग्यपूर्ण हुन्छ । यस्तो कुरा अब चल्दैन ।’

रक्षामन्त्रीसमेत रहेका पोखरेलले एकता सम्मानजनक र न्यायोचित हुने भन्दै यसलाई प्रतिशतमा बुझ्न नहुने जिकिर गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org