काठमाडाैं,२७ वैशाख । सरकारले अब सार्वजनिक खर्चमा मितव्ययीता ल्याउन खर्चमा कडाइ गर्ने भएकाे छ ।
बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चमा मितव्ययीता र प्रभावकारीता कायम गर्नेसम्बन्धी नीति पारित गरेको हाे ।
नीतिअनुसार अब सरकारी कर्मचारीले अहिले पाउँदै गरेकाे महंगी र स्थानीय भत्ताबाहेक सबै भत्ता खारेज हुने भएकाे छ ।
केही सरकारी कर्मचारीहरुले एक दर्जन प्रकारका भत्ता खाँदै आएका छन् ।