ताजा समाचार

मोदी जनकपुरमा आएका बेला मास्क लगाएर हिँड्न निषेध

 

 

 

जनकपुर,२७ वैशाख । दुई दीने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आएका बेला मास्क लगाएर हिँड्न सर्वसाधारणलाई निषेध गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो ।

भाेलि नेपाल भ्रमणमा अाइरहेका माेदीलाई विषेश सुरक्षा दिनका लागि  वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ । मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org