ताजा समाचार

मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रधानमन्त्रीले जनाए असन्तुष्टि

 

काठमाडौं,३० वैशाख । मोदीको भ्रमणबारे आज राष्ट्रिय सभालाई जानकारी दिदै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका  क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको ओलीले बताएका छन् ।

जनकपुरधाममा शुक्रबार मोदीको अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । उनले विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको बताएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org