ताजा समाचार

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका बेला मुख्यमन्त्रीले दिएकाे अभिव्यक्तिलाई लिएर प्रतिशोध स्वरुप भ्रमण रद्द गरियाे : यादव 

 

 

काठमाडौं, ७ जेष्ठ ।प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको प्रतिशोध स्वरुप भ्रमण रद्द गरिएको फोरम पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले बताएका छन् ।

फोरमका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादवले भ्रमण अस्वीकृत गर्ने केन्द्र सरकारको अधिकार भएपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला मुख्यमन्त्री राउतको अभिव्यक्तिलाई लिएर प्रतिशोध स्वरुप भ्रमण रद्द गरिएको बताएका छन् ।

नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने भएकाले मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org