ताजा समाचार

त्रिदेशिय सम्बन्ध जोड्ने सडकको शिलन्यास

काठमाडाैं ८, जेष्ठ । कर्णाली प्रदेश सरकारले नेपाल हुँदै भारत र चीनलाई जोड्ने त्रिदेशीय सडक जमुनाहा–कोहलपुर–दैलेख–मुगु–नाग्चेलाग्ना सडक निर्माणको शिलान्यास गरेको छ ।

सडकका लागि चालु आर्थिक वर्षमा ३ करोड ३५ लाख १६ हजार बजेट बिनियिजन गरेको छ ।

यस सडकको दैलेख माथिल्लो डुँगेश्वरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार शिलान्यास गरेका हुन् । सडकको निर्माणको जिम्मा केएसके निर्माण कम्पनीले पाएको छ । प्रदेश सरकारको यो सडक योजना पूर्णरूपमा निर्माण भए कर्णाली प्रदेश चीनसँग जोडिने छ ।

मुख्यमन्त्री शाहीले विकास निर्माणमा कर्णालीले फड्को मार्ने जिकिर गरे । कर्णालीका सबै ठाउँमा यातायातको पहुँच विस्तार गर्ने योजना प्रदेशको पहिलो प्राथमिकतामा रहेको उनले बताए ।

“अहिले सम्म विकासमा पछाडि परेका थियौं, अब अगाडि बढ्नका लागि कसैले पनि रोक्न सक्दैन,” उनले भने । कर्णालीमा अब कोही पनि पछि परियो भनेर पछुताउनुपर्ने अवस्था नरहने उनको भनाइ छ ।

कर्णालीलाई चीनसँग जोड्न मदत पुग्नेगरी सरकारले आफ्ना कामकारवाही तीव्र पारेको बताउँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सरकार नीति तथा कार्यक्रमको कार्यान्वयनमा चरणमा रहेको बताए ।

मन्त्री ज्वालाले कानुन अभावसँगै जनशक्ति र संयन्त्र अभावका कारण आगामी आर्थिक वर्षका लागि बजेटको तयारीसँगै छोटो समयमा ल्याएको बजेट खर्चिनुपर्ने बाध्यता सरकारसँग रहेको जानकारी दिए । उनले कर्णाली प्रदेश अब विकास गतिमा अघि बढेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org