ताजा समाचार

प्रिया प्रकाशको नक्कलले इन्टरनेटमा भाइरल बन्दै तलुश्री

एजेन्सी । बढ्दो सामाजिक सञ्जाल प्रयोगले गर्दा कतिबेला के हुन्छ ठ्याक्कै अनुमान गर्न सकिदैन् । यतिबेला फेरि अर्को भिडियोले इन्टरनेट लगायत सामाजिक सञ्जालमा सन्सनी मच्चाइरहेको छ ।

एउटा सानो भिडियोबाट रातारात इन्टरनेटमा भाइरल बनेकी प्रिया प्रकाश वारियारपछि फेरि अर्की अभिनेत्री तलुश्रीको भिडियो भाइरल भएको छ ।  यस भिडियोमा तनुश्रीले प्रिया प्रकाश जस्तै आँखा झिमक्याएर सनसनी मच्याएकी छिन्।

उनी भाजपुरी फिल्म स्टार अरविन्द अकेला कल्लुको चलचित्र आवारा बलमकी अभिनेत्री हुन्। उनको यो चलचित्र मे २५ मा प्रदर्शन हुने तयारीमा छ। यस चलचित्रको प्रमोशनका लागि दुबै जना व्यस्त थिए। अचानक तनुश्रीले आँखा झिमक्याएर सबैलाई घाएल बनाएकी हुन्।

उनको उक्त भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। जसमा तनुश्री एकदमै रोमान्टिक देखिएकी छिन्। चलचित्र प्रदर्शन हुनुअघि तनुश्री भाइलर बनेका कारण उनको चलचित्रको चर्चा झनै चुलिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org