ताजा समाचार

हलिउडका चर्चित निर्माता हार्वीले गरे आत्मसमर्पण : ७० महिलाहरुलाई यौन दुर्व्यवहार गरेको आरोप

काठमाडाैं, १२ जेठ । बलात्कार र यौन उत्पीडन गरेकाे अाराेप लागेका  हलिउडका  चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

उनीमाथि अभिनेत्रीहरुसहित करिब ७० महिलाहरुलाई बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । गत वर्ष यो खुलासा भएलगत्तै हलिउडसहित विश्वभर ‘मी टु’ ह्यासट्यागसहितको अभियान स्वतस्फूर्त चलाइएको थियो । यही ह्यासट्याग राखेर कयौं महिलाहरुले सामाजिक सन्जालमा आफूमाथि पनि यौन उत्पीडन भएको खुलासा गरेका थिए ।अदालतमा अभियोजन पक्षले वाइनस्टिनले युवतीहरुलाई आफ्नो हैसियत र ताकत प्रयोग गरी यौन शोषणका लागि बाध्य पार्ने गरेको आरोप लगाएको छ ।

तर हार्वी  भने अाफूले  यौन शोषण नगरेको बरु सहमतिमै शारीरिक सम्पर्क राखेको  अदालतमा बयान दिएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org