ताजा समाचार

किन परे तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ ?

धरान १२ जेठ । गुण्डागर्दी गरेको भन्दै तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले पक्राउ परेको छ ।

उनलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको डिएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए ।

गुरुङलाई पछिल्लोपटक तरहराकी तीर्थकुमारी गिरीको १० धुर जग्गा कब्जा गरेको र सो जग्गामा बनाइएको घरबाट २०६८ सालदेखि भाडा असुल्दै आएको आरोप लागेको छ । यद्यपि नेता गुरुङले भने सो जग्गा आफ्नै भएको बताउँदै आएका छन् ।

निकै विवादित छविका गुरुङ यसअघि इटहरीको एक बलात्कार काण्डमा समेत मुछिएका थिए । जसमा जबरजस्ती मिलापत्र गराइएको आरोप छ ।

डिएसपी श्रेष्ठले गुरुङका विषयमा अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

यसअघि २०७१ सालमा ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा भेडेटारबाट सिजन गुरुङलाई प्रहरीले पक्रिएको थियो । त्यसविरुद्ध उनका समर्थकले चक्काजाम लगायतका दबावमुलक आन्दोलन गरेका थिए । नेता कार्यकर्ताको चर्को दबावपछि उनी रिहा भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org