ताजा समाचार

आेखलढुंगामा टाटासुमो दुर्घटनामा परि एकको मृत्यु बालकसहित ८ घाइते

आेखलढुंगा १३, जेष्ठ । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना हुँदा एकजनाको मृत्यु भएको छ ।

आईतबार मध्यान्ह प्राप्चाबाट सदरमुकाम आउदै गरेको ना १ ज ५५६२ नम्बरको टाटा सुमो करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा एक बालकसहित ८ जना अन्य घाइते भएका छन् ।

दुर्घटनामा परि घाईते भएकाहरुलाई उपचारका लागी सामुदायिक अस्पताल मिसनमा ल्याउने क्रममा एकजनाको मृत्यु भएको ओलखढुंगा प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । मृत्यु हुनेमा मोलुङ गाउँपालिका २ का १८ बर्षीयय रविन बिक रहेको उनको भनाई छ । दुर्घटनामा परी घाइते हुनेहरुमा १५ महिनाको बच्चासहित मोलुङ २ की जमुना खत्री, बर्ष १६ का बिष्णु विक, १७ बर्षीय अशोक विक र सोही स्थानका सवारी चालक अमृत विक रहेका छन् ।

त्यस्तै सिद्धिचरण नगरपालिका ६ का १५ बर्षीय पासाङ् लक्की शेर्पा, मोलुङ ७ का ३१ बर्षीय पदम बिक र खिजिदेम्बा गाउँपालिकाका बर्ष २८ का साङ्गे शेर्पा रहेका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना गाडीको ब्रेक फेल भई भएको अनुमान प्रहरीले गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org