आईपीएलको उपाधि जित्यो चेन्नाईले
काठमाडौं १४, जेष्ठ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ ।
वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । ।
टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो । १७९ रनको विजय लक्ष्य चेन्नाईले १८ ओभर ३ बलमा हासिल गर्यो ।
आईपीएलको उपाधि तेस्रोपटक जित्ने क्रममा ओपनर शेन वाटसेनको प्रदर्शन शानदार रह्यो । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका वाटशनले नटआउट ११७ रन योगदान गरे । ५७ बल सामना गरेका उनले ११ चौका र ८ छक्का प्रहार गरे । उनी म्यान अफ दि म्याच भए ।
एसके रैनाले ३२, अम्वाती रायडुले १६ र फाप डु प्लेसिसले १० रन बनाए ।
बलिङतर्फ सन्दिप शर्मा र कार्लोस ब्रेथवेटले एक-एक विकेट लिए ।
यसअघि पहिले व्याटिङ गरेको हैदरावादका लागि केन विलियम्सनले ४६ रन बनाए । युसुफ पठानले नटआउट ४५ रन बनाए । शिखर धवनले २६, शाकिब अल हसनले २३ र कार्लोस ब्रेथवेटले २१ रन बटुले ।
बलिङतर्फ रविन्द्र जडेजा, ड्वेन ब्राभो, कर्ण शर्मा, शार्दुल ठाकुर र लुंगी निग्दीले समान एक-एक विकेट लिए ।
Comments
अरु समाचार
-
एनपिएल विजेता जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीद्वारा सम्मान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई बधाईसहित सम्मान गरेका छन्...
-
एनपीएलको उपाधि उचाल्न सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको विशाल लक्ष्य प्रस्तुत...
-
फाइनलमा टस जितेर जनकपुरविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आज हुन लागेको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।...
-
एनपिएलः फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्दै
काठमाडौँ: पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल शनिबार हुँदैछ । फाइनलमा खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर...
-
एसिया कप क्रिकेटः नेपालविरुद्धको खेलमा बङ्गलादेशले टस जित्यो
काठमाडौं । मलेसियामा जारी एसिसी यु– १९ महिला एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर पहिले...
-
महिला यू-१९ एसिया कपमा नेपाल आज बंगलादेशसँग भिड्दै
काठमाडौं । महिला यु-१९ एसिया कप क्रिकेट प्रतियोगितमा नेपालले आज ‘सुपर चार’मा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपाली समय अनुसार...
-
कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर एनपीएल फाइनल प्रवेश
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ। ...
-
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
काठमाडौं । मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ को नेपाल र श्रीलङ्काबीचको खेल वर्षाका कारण रद्द भएपछि एक–एक अङ्क...
-
सुखीपुरमा चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता
काठमाडौं । सिरहाको सुखीपुर नगरस्तरीय चौथो नगर कप टि–२० क्रिक्रेट प्रतियोगिता हुनेभएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, नगरका लागि खेलकुद’...