ताजा समाचार

दुर्गममा नुनको मुल्य बढाउने तयारीमा सरकार

काठमाडाैं १४, जेष्ठ । सरकारले देशका अति दुर्गम तथा विकट क्षेत्रमा दैनिक उपभोग हुने नुन महँगो पार्ने तयारी गरेको छ । मुलुकमा राजनीतिक स्थिरिताले जनताका न्यूनतम आधारभूत आवश्यकता सम्बोधन गर्ने अपेक्षा सर्वत्र गरिएकै बेला नुनको भाउ महँगो पार्न लागिएको दाबी अन्नपूर्ण पोस्ट दैनिकले गरेको छ ।

देशभर नुन आयात र वितरणमा एकाधिकार प्राप्त सार्वजनिक तथा निजी क्षेत्रबाट स्थापित साल्ट ट्रेडिङलाई ०५३ देखि हालसम्म दिइँदै आएको ढुवानी अनुदान रकम सेयरमा परिणत गराउने खेलमा अर्थमन्त्रालय लागेपछि यस्तो दुर्गममा नुन महँगो हुन लागेको हो ।

सरकारले दुर्गम क्षेत्रका बासिन्दालाई सुलभ मूल्यमा आयोडिनयुक्त नुन उपलब्ध गराउन ढुवानी अनुदान उपलब्ध गराउँदै आएको छ । यही ढुवानी अनुदानका कारण सुगम क्षेत्रमा प्रतिकिलो १५ रुपैयाँमा पाइने आयोडिनयुक्त नुन दुर्गमका बासिन्दाले प्रतिकिलो ६ रुपैयाँ सस्तोमा उपभोग गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org