ताजा समाचार

निर्णयको चार महिनापछि फोरम सरकारमा

काठमाडाैं १५, जेष्ठ । संघीय समाजवादी फोरम नेपाल केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीसँग सोमबार बिहान दुईबुँदे सहमति भएपछि फोरमलाई सरकारमा जान बाटो खुलेको हो ।

फोरमले सरकारमा सहभागी हने निर्णय भने चार महिनापहिले नै गरेको थियो ।

सरकारमा जाने निर्णय ४ महिनाअघि नै गरेका थियौँ, संविधान संशोधनलगायतका विषयमा ठोस सहमतिको खोजीमा रहेकाले तत्काल सम्भव भएन, फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने, संविधान संशोधन विषयमा आईस ब्रेक भएो छ, अब चाडै सरकारमा जान्छौँ उनका अनुसार सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएर फोरम सरकारमा सहभागी हुनेछ ।, आजकोनागरिकमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org