ताजा समाचार

प्रदेश ३ को नाम ‘नेपाल मण्डल’

हेटौंडा १५, जेष्ठ । प्रदेश ३ को राजधानीबारे प्रदेशसभा बैठकमा फेरि चर्चा सुरु भएको छ । बैठकको विशेष समयमा बोल्ने ६ सांसदले संवैधानिक व्यवस्थाअनुसार तत्काल टुंग्याउन माग गरेका छन् । आजको कान्तिपुरमा यो खबर छापिएको छ ।

नेपाल मण्डलको चर्चा

प्रदेश ३ को नाम ‘नेपाल मण्डल’ राख्ने पक्षमा आन्तरिक तयारी भइरहेको सभासद बसन्त मानन्धरले बताएका छन् ।

भक्तपुर जिल्ला मानन्धर युवा संघ घोषणा सभामा सभासद मानन्धरले प्रदेश ३ को नाम नेपाल मण्डल राख्ने तयारी भएको बताए ।

नवगठित नेपाल म्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसमेत रहेका मानन्धरले राजधानीलाई हेटौंडाबाट अन्यत्रै सार्ने संकेत गर्दै प्रदेश नामकरणको तयारी गरेको बताएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org