ताजा समाचार

म्याच फिक्सिङका मतियार फुटबलर अञ्जन आईपीएलको बाजी लगाउँदा पक्राउ

काठमाडाैं १५, जेष्ठ । इन्डियन प्रिमियर लिग (आईपीएल) बेटिङमा संलग्न भएको आरोपमा प्रहरीले पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले मंगलबार बिहान गौरव तिवारी, दिनेश बोगटी, नरेन्द्र सुवाल, विजय श्रेष्ठलगायतलाई पक्राउ गरेको हो ।

विश्वका महत्वपूर्ण र लोकप्रिय खेल क्रिकेट र फुटबलका अन्तर्राष्ट्रिय म्याचको जितहार, गोल र रनका आधारमा जुवा खेलाएको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरुले क्रिकेट र फुटबलका खेलहरुमा जितहार, रन, विकेट र गोलका आधारमा अनलाईन जुवा खेलाउने गरेका थिए। पक्राउ परेका सबैले जुवा खेलाउन बुकीको कामगर्दै आएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ। प्रहरीले उनीहरुका साथबाट जुवा खेलाउन प्रयाेग भएका माेबाइल, ल्यापटप र नगद बरामद गरेकाे छ ।

परिसरले मंगलबार काठमाडौं जिल्ला अदालतबाट जुवा ऐन र ठगीमा म्याद लिने तयारी गरिरहेको छ ।

प्रहरीले पक्राउ गरेका केसी यसअघि म्याच फिक्सिङमा पक्राउ परेका आरोपी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org