ताजा समाचार

डडेल्धुरामा जीप दुर्घटना, तीनजनाको मृत्यु अन्य आठ घाइते

डडेल्धुरा १५, जेष्ठ । जिल्लाको गन्यापधुरा गाउँपालिका–३, गजरौलामा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटना हुँदा ८ जना घाइते भएको डडेल्धुरा प्रहरीले नजाएको छ । जप दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेलाई प्रहरीले उद्धार गरेर अस्पताल पठाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org