ताजा समाचार

कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनु कांग्रेसका लागि खुसीको कुरा हो: देउवा

काठमाडौं १५, जेष्ठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आचरणलाई व्यवहारबाटै पुष्टि गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्युनिष्टहरु प्रजातन्त्रलाई अंगिकार गरेर प्रजातन्त्रवादी बन्नु लोकतन्त्रमा विश्वास राख्ने कांग्रेसजस्ता दलका लागि खुसीको कुरा भएको बताए । साथै उनले दुई तिहाई बढी सांसदहरुको समर्थन पाएको बामगठबन्धन नेतृत्वको सरकारले ‘कुरा होइन, कामै गरेर’ देखाउने बेला आएको बताए ।

देउवाले विकासका लागि बाह्य लगानी भित्र्याउन सरकारलाई सुझाव दिए । बाह्य लगानी भित्र्याएर मुलुकलाई अघि नबढाए सात वटा प्रदेशलाई तलव÷भत्ता खुवाउन पनि समस्या पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org