ताजा समाचार

कम्युनिष्ट सरकारको बजेटको मन्त्रीपरिषदबाट पारित तर आकार लुकाइयो

काठमाडौं १५, जेष्ठ । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७५/७६ सालको बजेट पारित गरेको छ । मंगलबार दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद बैठकमा समेत बजेटको आकार खुलाउन मानेनन् ।

उनले समृद्धिलाई केन्विन्दुमा राखिएको, स्वास्थ्य शिक्षा, भौतिक पूर्वाधार प्राथमिकतामा रहेको जानकारी गराए पनि बजेटको आकार खुलाउन नमानेको एक मन्त्रीले जानकारी दिए ।

संघीयता कार्यान्वयनपछि सरकारले पहिलो पटक संघीय संसद्मा आगामी आवको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीअनुसार अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७५÷७६ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति संसद्को दोस्रो बैठकमा टेबुल गर्नुेछन् ।

बैठकमा डा खतिवडाले विनियोजन विधेयक–२०७५, आर्थिक कार्यविधिसम्बन्धी विधेयक–२०७५ र राष्ट्र ऋण उठाउने विधेयक–२०७५ पनि पेश गर्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org