अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म म्याराथन
पोखरा, १६ जेष्ठ । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्म अन्नपूर्ण म्याराथन हुने भएको छ ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको कार्यक्रमअन्तर्गत हुन लागेको म्याराथनमा राष्ट्रिय धावकसहित ५८ जनाको सहभागिता हुनेछ ।
उक्त महोत्सव मूल व्यवस्थापन समितिका संयोजक ललित गुरुङका अनुसार म्याराथनमा सहभागी हुन काठमाडौँलगायत देशका अन्य भागबाट आएका धावकलाई मंगलबार नै पोखरामा एक कार्यक्रमका बीच अन्नपूर्ण आधार शिविरतर्फ बिदाइ गरिएको थियो ।
“प्रत्येक वर्षको जुन ३ मा मनाइने ‘अन्नपूर्ण डे’ को अवसर पारेर खेल पर्यटनको विकास र विस्तार गर्ने उद्देश्यसहित अन्नपूर्ण पदयात्रा मार्गमा म्याराथन हुन लागेको हो”, उहाँले भन्नुभयो, “जेठ २० गते विहान ६ः३० बजे चार हजार १०० मिटर उचाइको अन्नपूर्ण आधार शिविरबाट शुरु भएर एक हजार ६९० मिटर उचाइमा रहेको घान्द्रुकमा आएर म्याराथन समापन हुनेछ ।”
धावकहरूले ४२.१९५ किमी दूरी पूरा गर्ने महोत्सव प्रचारप्रसार समितिका संयोजक टंकराज अधिकारीले जानकारी दिए ।
अन्नपूर्ण आधार शिविरतर्फ लागेका धावकहरू मंगलबार घान्द्रुक पुगी आज बुधबार छोम्रोङ, बिहीबार हिमालय हुँदै १८ गते शुक्रबार अन्नपूर्ण आधार शिविर पुग्ने र २० गते आइतबार उनीहरू म्याराथनमा सहभागी हुनेछन् ।
म्याराथन अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधार शिविर हुँदै देउराली, हिमालय, दोभान, वाम्वो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भौसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न हुनेछ ।
अन्नपूर्ण म्याराथनका प्रमुख निर्णायक एवं राष्ट्रिय खेलकूद परिषद्का एथ्लेटिक्स विभागका प्रमुख प्रशिक्षक कृष्ण बस्नेतका अनुसार प्रतियोगितामा नेपालका चर्चित धावकहरू नेपाली सेनाका हरि रिमाल, होमलाल श्रेष्ठ, पूर्ण तामाङ, शेखराज चौलागार्इं, नेपाल प्रहरीका भूमिराज राई र भारतीय सेनाका धनबहादुर घर्ती मगरले समेत भाग लिँदैछन् ।
“म्याराथनका लागि नौजना निर्णायकहरू परिचालन गरिनेछ”, उनले भने, “म्याराथनको रुटमा आवश्यक पर्ने स्वयंसेवक, स्वास्थ्यकर्मी, आवश्यक उपकरण एवं अन्य व्यवस्थापन पूरा भएको छ ।”
जुन ३ तारिखका दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण दिवसका रुपमा मनाइँदै आइएको यही सन्दर्भ पारी म्याराथन आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रचार संयोजक अधिकारीका अनुसार म्याराथनमा प्रथम हुने धावकले रु एक लाख, दोस्रोले रु ७० हजार, तेस्रोले ५० हजार नगद पुरस्कार पाउने र उत्कृष्ट १० जनाभित्र पर्ने धावकले सान्त्वना पुरस्कार पाउने छन् ।
महोत्सवको तेस्रो चरणअन्तर्गत जेठ १७ देखि २० गतेसम्म हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको महोत्सवका प्रमुख सल्लाहकार यमनाथ सापकोटाले जानकारी दिए ।
गत असोज २५ गते अन्नपूर्ण आधार शिविरबाट आरम्भ भएको महोत्सवको दोस्रो चरण गत पुस १० देखि १५ गतेसम्म विविध खेलकूद एवं सांस्कृतिक कार्यक्रमका साथ छोम्रोङमा सम्पन्न भएको थियो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवकै अवसरमा अन्नपूर्ण आधार शिविरमा पहिलो अन्नपूर्ण हिमाल आरोही मौरिस हर्जोगको शालिक निर्माण गरिने भएको आयोजकले जनाएको छ ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...