सांसद गजेन्द्रबहादुर महतलाई रुवायो चार करोडले बैठक स्थलमै
मिडियाले पालेका मान्छेले जनताको पिर मर्का बुझ्न सक्दैनन्
काठमाडौं १७ जेष्ठ । सांसदलाई सरकारले दिने भनेको चार करोडलाई लिएर अर्थमन्त्रीले सांसदहरुलाई वडाध्यक्षको हैसियतमा राखेर अपमान गरेको भन्दै सत्तारूढ दल नेकपाका सांसद गजेन्द्रबहादुर महत प्रतिनिधिसभा बैठकमै रोएका छन् ।
जुम्लाका सांसद महत आर्थिक वर्ष २०७५/७६ का लागि विनियोजित बजेटमाथि छलफलमा भाग लिँदै भावुक भए ।
उनले मिडियाले पालेका मान्छेले जनताको पिर मर्का बुझ्न नसक्ने दावी समेत गरे ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा ४ करोड छुट्याए पनि योजना छनोटका लागि स्थानीय प्रतिनिधिसमेत रहेको समिति बनाउनु गलत भएको उनले बताए ।
सांसद तह लगाउने बजेट आएको भन्दै उनले भने, ‘कोही मन्त्री भएँ भन्दैमा हामीलाई बाँधेर राख्न पाइन्छ भन्या ? हामीलाई तह लगाउन पाइन्छ ? हामीलाई वडाअध्यक्षको ठाउँमा लिएर राख्न पाइन्छ भन्या ? चाहिएको छैन हामीलाई ४ करोड ।’
आफ्नो विरोधले केही नहुने जान्दाजान्दै असन्तुष्टि राख्नुपरेको उल्लेख गर्दे उनले भने ‘बजेटको मैले बचाउ गरिरनुपर्छ जस्तो लाग्दैन । कमजोर बस्तुको बचाउ गरिन्छ, बलियो बस्तुको सायद बचाउ गरिन्न । सितिमिति सायद यो हल्लिदैन ।’
‘स्वर्गीय गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो, तपाईहरुको विरोधले मलाई केही हल्लाउदैन । मैले त्यही शब्द सापटी लिएँ । विरोधले खासै हल्लिने देख्दिनँ । तर पनि बजेटले मलाई हल्लाइरहेको छ । हुम्लालाई हल्लाइरहेको छ ।’
बजेट शहर केन्द्रित भएको भन्दै उनले कर्णाली र जुम्लालाई सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । उनले भने, ‘यो बजेट जुम्ला जिल्लाका लागि न हर्ष छ,न विस्मात छ ।’
नेताहरुको ठाउँमा जति बजेट गएको छ, त्यति आफ्नो ठाउँमा जानुपर्ने उनको माग छ ।
सांसदको नाममा सबै सांसदलाई मुछ्ने काम गरेको भन्दै महतले असन्तुष्टि जनाए । दिनभरी संसदमा बस्दा पनि तपाई त हुनुहुन्न रे भन्दै जनताले फोन गर्ने गरेको भन्दै उनले भने, ‘फलानो सांसद छैनन, एनजीओको कार्यक्रममा छ भन्नुपर्यो । हामी सोझालाई बलीको बोका बनाउने ?’
Comments
अरु समाचार
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
मुग्लिङ-नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा ट्रक खस्यो
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डको सिमलतालबाट आइतबार बिहानै ट्रक खसेको छ। खाने तेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको हो...
-
साहित्यकारहरुले भने- नारद पोखरेलको उपन्यास ‘उर्वरा’ ले सजिलै पाठकको मन तान्छ
काठमाडौं, भदौ २९ । उपन्यासकार नारद पोखरेलको उपन्यास ‘उर्वरा’ पाठकका लागि फरक स्वादको चटनी भएको एक कार्यक्रममा सहभागी स्रष्टाहरुले बताएका...
-
बाल अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री कार्की
काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताएका छन्। आज बाल दिवसका...
-
बाग्मती, गण्डकी, मधेश र कोशीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाण्डौ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न ठाउँमा अस्तिदेखि लगातार भइरहेको ठूलो वर्षा रोकिएको छ । गएरातिदेखि ती ठाउँमा पानी...
-
वर्षासँगै आएको पहिरोले सुदूरपश्चिमका विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका...
-
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब
काठमाडौं । कर्णालीमा आगामी मङ्सिर २–९ गतेसम्म हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय आउन अब करिब दुई महिना बाँकी छ...
-
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षा हुने
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा...