ताजा समाचार

पाल्पा बस दुर्घटनामा मृत्यु हुने १२ जना मध्ये ११ को सनाखत

पाल्पा  १८, जेष्ठ । पाल्पामा भएको बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने, मृतक मध्ये ११ को सनाखत भएको छ ।

सनाखत भएकामा  विष्णुमान बज्राचार्य, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, सुशील प्रसाद श्रेष्ठ, कृष्णबहादुर बोहरा, दुर्गाबहादुर सारु, लोकनाथ ढकाल, बसन्ती खाँड, गीता बुढाथोकी, संकेत बज्राचार्य रहेका छन् ।

११ जनाको घटनास्थलमै र एक जनाकोउपचारका लागि पाल्पा लैजानै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ ।

तानसेनबाट रामपुर जाँदै गरेको बस दुर्घटना हुँदा थप  १० जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भिर छ ।

दुर्घटनामा परी घाइते लार्इ उद्धार गरी अस्पताल लगिएको छ । लु १ ख ९७५ नम्बरको यात्रुवाहक बस शुक्रबार बिहान सडकबाट खसेको हो । बस सडकबाट अन्दाजी २ सय मिटर तल खसेको छ ।

सम्बन्धित समाचार:

पाल्पामा बस दुर्घटना, १२ जनाको मृत्यु १५ घाइते

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org