ताजा समाचार

विदेशमा कसैलाई सुन ल्याउन लगाउने विचार छ ? अब १ सय ग्रामसम्म सुन ल्याउन पाईने

काठमाडौं १८, जेष्ठ। विदेशमा काम गरेर फर्किने नेपाली कामदारले काँचो सुन ल्याउन पाउने व्यवस्था सरकारले गरेको छ । अब विदेशबाट सुन ल्याउन चाहनेले सरकारले तोकेको कर तिरेर सहजै सय ग्रामसम्म सुन ल्याउन पाउने भएको हो ।

उसप भए सुन ल्याउदा कति कर तिर्नुपर्छ त यो भने महत्वपूर्ण कुरा हो ।

अब ५० ग्रामसम्म सुन ल्याउँदा एक ग्रामको ५२० रुपैयाँका हिसावले कर तिर्नुपर्ने हुन्छ । यसअनुसार १० ग्रामको ५२ सय र ५० ग्रामको २६ हजार भन्सार लाग्छ ।

५० ग्रामभन्दा बढी सुन ल्याएमा भने बढी ल्याइएको सुनमा प्रतिग्राम ६२० सय रुपैयाँ कर लाग्नेछ । यसअनुसार ५०ग्रामबाट बढेर १० ग्राम बढी सुन ल्याएमा थप ६२ सय र ५० ग्राम ल्याएमा थप ३१ हजार रुपैयाँ भन्सार तिर्नुपर्ने भन्सार विभागका एक उच्च अधिकारीले जानकारी दिए ।

‘कुल सय ग्राम सुन ल्याउने हो भने पहिलो ५० ग्राममा २६ हजार रुपैयाँ र पछिल्लो ५० ग्राममा ३१ हजार भन्सार तिर्नुपर्छ,’ ती अधिकारीले भने,’सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत गरिनेछ ।’

अहिले नयाँ व्यवस्थाअनुसारको झिटीगुन्टा आदेश सकेको छैन । यसका कारण यात्रुले गहनाका रुपमा लिएर र लगाएर आउने सुनका हकमा के हुने भन्ने अन्योल छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org