श्रीलङ्कामा भाइरल फ्लूका कारण १४ बालबालिकाको मृत्यु
कोलम्बो, श्रीलङ्का, १७ जेष्ठ । श्रीलङ्काको दक्षिणी क्षेत्रमा फैलिएको भाइरल ज्वरोका कारण १४ जना बालबालिकाको मृत्यु भएको श्रीलङ्काका स्वास्थ्य अधिकारीहरूले बिहीबार बताएका छन् ।
चिकित्सकहरूले ज्वरोको प्रकोप देखिएको स्थानमा नागरिकलाई सुरक्षित स्वास्थ्यका लागि आवश्यक उपायलाई अवलम्बन गर्न र भाइरल थप फैलिनबाट जोगिन आग्रह गरेका छन् ।
दक्षिणी श्रीलङ्काको कारापितिया शिक्षण अस्पतालका निर्देशक तथा वरिष्ठ चिकित्सक जयम्पथी सेनानायकेले चिनियाँ समाचार संस्था सिन्ह्वालाई दिएको जानकारी अनुसार श्रीलङ्कामा अहिलेसम्म भाइरल ज्वरोका कारण १४ जनाको मृत्यु भएकोमा कारापातियामा १३ र एक जनाको राजधानी कोलम्बोमा मृत्यु भएको छ ।
मृतक सबै दुई वर्षभित्रका बालबालिका रहेका बताउँदै उनीहरूमा बिरामी बालबच्चाहरूमा उच्च ज्वरो, रूघा, खोकी तथा टाउको दुख्ने समस्या रहेको पाइएको सेनानायकेले बताउनुभयो । उनीहरूमा पछिल्लो अवस्थामा श्वासप्रश्वास र निमोनियाका समस्या पाइएको उनले बताए ।
कारापातिया अस्पतालमा अहिले ४९ जना भाइरलजन्य समस्याका बिरामीको उपचार भइरहेको बताइएको छ ।
यसैबीच श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार नै स्वास्थ्य अधिकारीलाई तत्काल भाइरल नियन्त्रणका लागि उपाय अवलम्बन गर्न निर्देशन दिइसकेका छन् ।
स्वास्थ्य अधिकारीले यसपहिले भाइरल फ्लू एडिनो भाइरस तथा इन्फ्लूयन्जाका कारण फैलिएको बताएका थिए
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...