ताजा समाचार

विश्वकप उपाधि दावेदार जर्मनीलाई अस्ट्रियाले हरायाे

काठमाडौं,२० जेठ। विश्वकपको उपाधि दावेदार जर्मनीलाई अभ्यास  खेलमा अस्ट्रियाले  हराएको छ ।

खेलकाे शुरुमा जर्मनीले राम्राे प्रदर्शन गरेकाे थियाे । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन ।

 

 

५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् ।अस्ट्रियाले १० औँ खेलमा जर्मनीमाथि पहिलो पटक जित दर्ता गरेको हो ।  विश्वकपका लागि चार पर्षअघिको विजेता जर्मनी समूह एफ मा छ । यो समूहमा मेक्सिको, स्वीडेन र दक्षिण कोरिया रहेका छन् । जर्मनीले जुन १५ मा मेक्सिकोसँग खेलेर विश्वकप यात्राको सुरुवात गर्नेछ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org