ताजा समाचार

विप्लव पार्टीको भारतीय कम्पनीलाई पत्र: भारत बिरोधि जनमत बढ्ने मात्र होइन तपाईंको लगानी समेत डुब्नेछ

काठमाडौं २०, जेष्ठ । विप्लव नेतृत्वको नेकपाल कम्युनिष्ट पार्टीले   अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन भारतीय कम्पनी सतजललाई अनुरोध गरेको छ ।

विप्लव नेतृत्वको पूर्वी कमाण्ड इन्चार्ज अनिल बिरहीले सतलज जलविद्युत् निगम लिमिटेडलाई एक पत्र   लेख्दै यस्तो अनुरोध गरेका हुन् ।

पत्रमा अरुण–३ मा हुने भारतीय लगानीले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन कम्पनीको  ठूलो लगानी नै डुब्ने उल्लेख गरिएको छ ।

बिरहिद्वारा लेखिएको पत्रमा भनिएको छ, ‘अरुण—३ जस्ता आयोजनाहरु आन्तरिक खपतको लागि आन्तरिक पुँजी परिचालित गरेर निर्माण गरिनुपर्छ, त्यसमा सर्वसाधारण स्थानीयले शेयर लगानी  गर्न पाउनुपर्छ, त्यसको सव—स्टेशन नेपालमै रहनु पर्दछ, तल्लो तथा माथिल्लो तटीय अधिकार नेपालकै हुनुपर्छ लगायतका देशको हितमा हामीले प्रश्न उठाउँदै आएका छौँ । यो परियोजना नेपाल सरकारले संविधानको धारा २७९ (अन्तरिम संविधानको धारा १५६)लाई छल्दै चोरबाटोबाट नवऔपनिवेशिक शैलीमा भारतीय कम्पनीलाई सुम्पिएको छ । त्यसकारण नेपाल सरकार र यहाँका दलहरुलाई दबाव र प्रभावमा पारेर भारत सरकारमार्फत तपाईहरु नेपालको हित विरोधी काममा संलग्न हुनु दुःखको विषय हो । तसर्थ अरुण—३ परियोजनाबाट हात झिकेर फर्कन हामी तपाईहरुलाई अनुरोध गर्दछौँ । अन्यथा त्यसले नेपालमा भारत विरोधी जनमत बढ्ने मात्र होइन तपाईहरुको ठूलो लगानी डुब्नेछ ।

हेर्नुहोस् पत्र जस्ताको तस्तै:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org