ताजा समाचार

फाेरम सरकारमा सहभागि भएसँगै अनौपचारिक छलफल

 

काठमाडौं,२१ जेठ। नेपाल कम्युनिस्ट पार्टी नेकपा संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै अनौपचारिक छलफल सुरु भएको छ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच पार्टी एकताका लागि अनौपचारिक छलफल भएको हो।

शीर्ष नेताहरुबीच अनौपचारिक छलफल भए पनि औपचारिक बैठकमै एजेन्डाका रुपमा नआएको स्रोतले बताएकाे छ ।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले फोरम नेपाल सरकारमा सहभागी भएसँगै पार्टी एकताको विषयमा अनौपचारिक छलफल भएको बताए।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org