ताजा समाचार

ग्वाटेमालामा ज्वालामुखी विस्फोट, ७ को मृत्यु, ३ सय घाइते

 

काठमाडौं,२१ जेठ । ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा सात जनाको मृत्यु भएको छ भने करिब ३ सय जना घाइते भएका छन् ।

राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको र आकाशमा धूलो–धुँवा तथा खरानी देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ ।आकाशमा फैलिएको धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ भने दैनिक जनजीवन प्रभावित भएको छ ।

ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएको स्थानीय सञ्चारमाध्यमहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन् ।

ग्वाटेमालामा यसअघि पनि ज्वालाखुमी विस्फोटका घटना हुँदै आएका थिए । तर यो भने सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org