ताजा समाचार

हत्या आरोप लागेका नेपालीलाई गोली हानी मृत्युदण्ड दिन कतारी अदालतको आदेश

काठमाडाै‌ २१, जेष्ठ । कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोग लागेका एक जना नेपालीलाई कतारी अदालतले गोली हानी मृत्युदण्ड दिन आदेश दिएको छ ।

महोत्तरीका अनिल चौधरीलाई त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।

फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले  उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ । नेपालीमाथि कतारमा भएको यो नै सबैभन्दा निर्मम सजाय भएको बताइएको छ ।

हत्या अभियोगमा  चौधरी सन् २०१७ अप्रिलमा पक्राउ परेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org