अज्ञात समूहले गर्याे महिला उम्मेदवार अपहरण
तालुकान, २३ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।
प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले बुधबार सो जानकारी दिएका छन् ।
दर्काद जिल्लाको जिल्ला परिषद्का महिला उम्मेदवार फजिलालाई प्रान्तीय राजधानी तालुकान शहरमा अपहरण गरिएको बताइएको छ ।
मङ्गलबार अपराह्नमा सरकारको विरोधमा लागेका आतङ्ककारी समूहले फजिला र उनका भाइ चढेको एक कारलाई अपहरण गरी अज्ञात स्थलमा लगिएको बताइएको छ ।यस अपहरणमा कुन समूहको हात छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । तर सरकारी अधिकारीहरुले भने तालिबान आतङ्ककारी समूहले यो अपहरण गरेको दाबी गरेका छन् ।
महिला उम्मेदवार फजिला र उनका भाइलाई सुरक्षित अपहरण मुक्त गराउने प्रयास जारी रहेको पनि प्रवक्ता टिमुरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । दर्काद जिल्लामा नियन्त्रण जमाएर बसेका तालिबान आतङ्ककारी समूहले भने यस बिषयमा केही टिप्पणी गरेका छैनन् ।
अफगान वोलेसी जिर्गा अर्थात संसदको तल्लो सदन र जिल्ला परिषद्को निर्वाचन आगामी अक्टोबर २० मा हुने तय भएको छ । यस निर्वाचनका लागि गत अप्रिलबाट मतदाताको नामावली दर्ता हुन शुरु भएको थियो । मतदाता नामावली दर्ता केन्द्रमा पनि एक दर्जनभन्दा बढी आतङ्ककारी आक्रमण भइसकेका छन् । रासस÷सिन्ह्वा
Comments
अरु समाचार
-
सात वर्ष सिरियाली हिरासतमा रहेका अमेरिकी चिकित्सकको मृत्यु
काठमाडौं । सात वर्षअघि सिरियामा हिरासतमा रहेका अमेरिकी थेरापिस्ट मजद कमलमाजको निधन भएको सिएनएनले जनाएको छ । 'दुर्भाग्यवस उहाँ जेलको...
-
इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु
काठमाडौं । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको...
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...