सिंगापुरका उच्च अधिकारी उत्तर कोरिया जाने
सिंगापुर, २३ जेठ । सिंगापुरका विदेश मन्त्रीसहितको उच्च सरकारी कुटनीतिज्ञहरूको टोली उत्तर कोरिया जानेभएको छ ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमबीचको वार्ताको तयारीका लागि सिंगापुरको टोली उत्तर कोरिया जान लागेको हो ।
यही जुन १२ तारिखका दिन ट्रम्प र किमको शिखर वार्ता सिंगापुरमा हुने यसअघि नै तय भइसकेको छ ।
सिंगापुरको उच्चस्तरीय कूटनीतिज्ञहरूको टोली दुईदिने भ्रमणका लागि बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
शिखर वार्ताका लागि वार्तास्थल सिंगापुर, वार्ताका दुई पक्ष अमेरिका र उत्तर कोरियाले आ–आफ्नो तरिकाले तयारी तीव्र पारेका छन् ।
गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक शिखर वार्तापछि उत्तर कोरिया र अमेरिकाको शिखर वार्ताको तय भएको हो ।
वार्ताको तय भइसकेपछि पनि केही समय दुई देशका नेताहरूको अविश्वास र आरोप प्रत्यारोपले वार्ता अन्यौलमा परेको थियो । तर नाटकीय ढंगले वार्ताको वातावरण बनेर अहिले वार्ताको तयारी भइरहेको हो । उत्तर कोरियाका उच्च अधिकारीहरूको गत हप्ता भएको भ्रमणको बेलामा ट्रम्पले वार्ता हुने अन्तिम निर्णय सुनाएका थिए ।
वार्ताको सुनिश्चितताका लागि उत्तर कोरियाको टोली अमेरिकाको वासिङटन गएको थियो । वार्ता सुनिश्चित भएपछि अहिले दुई पक्षीय भ्रमण, उच्चस्तरीय छलफलहरू तीव्ररूपमा भइरहेका छन् । विश्वकै ध्यान खिचेको वार्ता अत्यधिक महंगो र सुविधा सम्पन्न होटलमा गराउने सिंगापुरको तयारी छ । रासस÷एएफपी
Comments
अरु समाचार
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा एकै दिनमा डेढ...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...