ताजा समाचार

प्रदेश २ मा वैकल्पिक उर्जाबाट ५० मेगावाट विजुली निकालिने (नीति तथा कार्यक्रमको पूर्णपाठसहित)

जनकपुरधाम २४, जेष्ठ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षमा ५० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । प्रदेश २ लाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्ने भन्दै प्रदेश सरकारले ५० मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको हो

बिहीबार प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आगामी वर्षहरुमा विद्युत उत्पादन वृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिने बताए ।

‘प्रदेशलाई वैकल्पिक उर्जा केन्द्रको रुपमा विकास गर्न यस बर्ष ५० मेगावाट उत्पादन गर्दै क्रमशः आगामी बर्षहरुमा यस्को उत्पादन बृद्धि गर्दै जाने लक्ष्य प्रदेश सरकारले लिएको छ’  नीति तथा कार्यक्रममा भनिएको छ ‘सिञ्चाईको लागि सौर्य उर्जाको अधिकतम प्रयोग गरिने नीति लिइने छ ।’

यस्तै नीति तथा कार्यक्रममा सहकारी विकास बोर्ड, प्रदेश उखु विकास बोर्ड, डेरी विकास बोर्ड, मत्स्य विकास बोर्ड, तरकारी तथा फलफुल विकास बोर्ड क्रमशः गठन गर्दै जाने नीति लिने उल्लेख गरेको छ ।

हेर्नुस् नीति तथा कार्यक्रमको पूर्णपाठ:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org