ताजा समाचार

संघीय संसदले पायो नियमावली, अबदेखि फाैजदारी अभियोग लागेका सांसद निलम्बन नहुने

काठमाडाैं २५, जेष्ठ । प्रतिनिधिसभा नियमावली २०७४ शुक्रबार पारित भएको छ । शुक्रबार बसेको संसद बैठकले नियमावली बहुमतले पारित गरेको हो ।

संघीय संसद प्रतिनिधिसभाको नियमावली २०७५ पारित भएको छ। सत्तारुढ र प्रमुख प्रतिपक्षी दलबीच सहमति भएपछि आजको प्रतिनिधिसभाको बैठकबाट नियमावली पारित भएको हो।

फौजदारी अभियोग लागेका सांसदलाई ‘निलम्बन’ गर्नुपर्ने अडानबाट सत्तारुढ दल पछि हटेपछि सहमति भएको हो। सँगै कांग्रेसले संसदीय समितिको विषयमा लिएको अडान पनि छाडेको छ। कांग्रेसले ७ वटा संसदीय समितिको प्रस्ताव गरेको थियो।

नियमावलीमा फौजदारी अभियोग लागेका सांसदलाई कुनै उन्मुक्ति, अधिकार र सुविधा नदिने उल्लेख गरिएको छ । तर निलम्बन गर्ने भन्ने शब्द राखिएको छैन ।

नियमावलीमा संसदको कार्यसूची अघिल्लै दिन सांसदहरुलाई दिने व्यवस्था राखिएको बताए ।

त्यस्तै सांसदहरुले शून्य समय र विशेष समयमा उठाएको विषयको सरकारले ५ दिनभित्र संबोधन गर्नै पर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ ।

संसदमा महिनामा दुई पटक सांसदहरुले कार्यकारी प्रमुखलाई सिधा प्रश्न गर्न पाउने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था पनि राखिएको छ ।

संसदीय समितिका सभापतिमा ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था पनि नियमावलीमा राखिएको छ । संसदीय समितिको संख्या भने १० वटा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org