ताजा समाचार

कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ २७, जेष्ठ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।

परिसरअन्तर्गतका विभिन्न वृत्त तथा प्रभागको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो नियन्त्रणमा लिएको हो ।

परिसरका प्रवक्ता मोहनकुमार थापाले सातवटा परीक्षा केन्द्रमा अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जानकारी दिए ।

तीमध्ये जेभियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org