ताजा समाचार

झण्डै ७५ हजार युवाले दिए कोरियन भाषा परिक्षा, नतिजा असार १६ मा

काठमाडौं २७, जेष्ठ । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जनाले सहभागी भएका छन् ।

शनिबार र आइतबार गरि दुई दिन चलेको कोरियन भाषा परिक्षामा कुल ८२ हजार २ ६४ जनाले परीक्षाका लागि आवेदन भरेका थिए । तर, फारम भरेका मध्ये ७ हजार ३ सय ९८ जना परिक्षामा सहभागि नभएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

यो वर्ष नक्कली परीक्षा दिने र दिन लगाउने २४७ जना विभिन्न परीक्षा केन्द्रहरुबाट पक्राउ परेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले न्युज-नेपाललाई  जानकारी दिए । ‘शान्तिपूर्ण रुपमा परीक्षा सकिएको छ । कुनै प्राविधिक समस्या आएनन्,’ भण्डारीले भने ।

यो वर्ष काठमाडौं र पोखरामा परीक्षा सञ्चालन भएको थियो । शनिबार र आइतबार भएको परीक्षाको नतिजा अागामी आसार १६ गते प्रकाशित हुनेछ । कोरियाले ओसीआर प्रविधिबाट कपी जाँच्ने भएकाले नतिजा आउन धेरै समय लाग्दैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org