ताजा समाचार

ट्रम्पको सन्देशले वासिङ्टनको यूरोपप्रतिको विश्वास ‘विगार्ने’

 

फ्राङ्कफर्ट, जर्मनी, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ ।

जर्मनीका विदेशमन्त्री हेइको मासले भने, “जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको ट्वीटर सन्देशले वासिङ्टन र यूरोपबीचको विश्वासिलो सम्बन्धलाई ‘तोडेको’ छ ।”

एउटा ट्वीटले अमेरिका र यूरोपबीचको असाधारण विश्वासलाई छिट्टै तोड्न पनि सक्छ । त्यसैले यूरोपले एक भएर आफ्नो हितका लागि प्रतिवाद गर्नेछ, मासले आफ्नो ट्वीट सन्देशमा भनेका छन्  । “एकतावद्ध यूरोप पहिला अमेरिकाको प्रतिउत्तर हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org