ताजा समाचार

विश्वको ध्यान खिचिरहेको ट्रम्प-किम वार्ताका लागि सुरक्षामा गोर्खा सैनिक तैनाथ

गोर्खा सैनिकको सान र मनोबल उच्च रहेकाले नै यो जिम्मेवारी पाएको सिंगापुरको सरकारले जनाएको छ

काठमाडौं । सिंगापुरमा हुन लागेको शिखर वार्ताको सुरक्षाका लागि गोर्खा सैनिकले जिम्मेवारी पाउनु ने ठूलो कुरा हो । भोली अर्थात मंगलबार अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोतियाली नेता किम जोङ उनबीच भेटवार्ता हुँदैछ । यो वार्तालाई यो शताब्दीकै उच्च महत्वको कुटनीतिक वार्ता भनिएको छ ।

खैरो बर्दी र हतियारले सुसज्जित गोर्खा सैनिक अफिसरहरु उच्च सुरक्षा सतर्कताका साथ सेन्ट रेजिस सिंगापुरअघि देखापरे, जहाँ आइतबार दिउँसो किम आइपुगेका थिए ।

उसोत: ट्रम्प र किमले सुरक्षाका लागि आधुनिक हात हतियारले सुसज्जित सुरक्षाकर्मीहरु ल्याएका छन् । किमका सुरक्षाकर्मी गाडीमा यताउता हिँडिरहेका देखिन्छन् ।

सिंगापुरले नेपालका युवा र बलिया व्यक्तिलाई सन् १९४९ देखि सिगापुर पुलिसमा भर्ती गर्न थालेको हो । हालसम्म सिंगापुरमा १८०० गोर्खा सैनिक अधिकृत छन् । उनीहरु नियमित रुपमा उच्च सुरक्षा कार्यमा खटिएका हुन्छन् ।

ट्रम्प र किमबीचको वार्ताको सुरक्षा गर्न पाउनुलाई गोर्खाहरुले आफ्नो महत्वपूर्ण जिम्मेवारीको रुपमा लिएका छन् । ‘यति महत्वपूर्ण कार्यक्रमको सुरक्षा गर्न पाउनु गोर्खाहरुका लागि धेरै नै गर्व गर्नलायक जिम्मेवारी हो’ बेलायती सेनामा ३७ वर्ष सेवा गरेका कृष्णकुमार आलेले भने ‘हामीलाई संसारका महत्वपूर्ण दुई व्यक्तिले आफ्नो सुरक्षाका लागि विश्वास गरेको देखियो ।’

सन् २०१५ मा सिंगापुरमा भएको सांग्रिला डायलगमा विश्वका धेरै देशका रक्षा मन्त्री र उच्च सुरक्षा अधिकारीहरु सहभागी थिए । त्यस क्रममा गोर्खा सैनिकले गोली हानेर एक जना ड्राइभरलाई मारिदिएका थिए । ती ड्राइभरले सम्मेलनस्थलको बाहिर आफ्नो कारले बाटो अवरुद्ध गरेका थिए । यद्यपी त्यस घटना सुरक्षासँग सम्बन्धित नभइ लागू औषधसँग सम्बन्धित भएको पाइएको थियो ।

ट्रम्प र किमबीचको वार्तामा ५ हजार प्रहरी परिचालन हुने सिंगापुरका कानुन तथा आन्तरिक मामिला मन्त्री के सानमुगमले आइतबार बताएका छन् । सिंगापुर प्रहरीभित्र गोर्खा सैनिक विशेष रुपमा रहनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org