ताजा समाचार

डोनाल्ड ट्रम्प र किम जोंग उनबीच ऐतिहासिक भेटवार्तामा दोभाषेको पनि व्यवस्था

 

एजेन्रसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ्ग उनबीच ऐतिहासिक भेटवार्ता भएको छ । सिंगापुरको होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच भेटवार्ता भएको हो ।

वार्तास्थलमा पुगेलगत्तै दुवै नेताहरुले हात मिलाएका थिए । यो भेटवार्तामा करिब एक घण्टा चल्ने बताइएको छ । भेटवार्तामा दोभाषेको पनि व्यवस्था गरिएको छ ।

भेटवार्ता सुरु हुनुभन्दा ठीक अगाडि ट्रम्पले भनेका छन्( सबै कुरा एकदम ठीक छ तर यो वार्तामा राम्रो सम्झौता हुन पाउँछ कि पाउँदैन छिट्टै थाहा हुनेछ ।

उनले भनेका छन्, ‘किम जोङ्ग उनसँगको यो भेट एक सम्मान हो । जसबाट हामीबीच एक उत्कृष्ट सम्वन्ध बन्ने विश्वास गर्दछु ।’

वार्तामा बस्नुअघि पत्रकारहरुसँग ट्रम्पले भने, ‘साँच्चै मलाई एकदम राम्रो लागिरहेको छ, हामी एकदम ठूलो कुरामा छलफल गर्न गइराखेका छौं । यो सफल होस् ।’

यसैगरी किमले भने, ‘यहाँ आउन सहज थिएन । पुरानो पूर्वाग्रहमा हामी थियौं तर हामीले ति सबैलाई हटायौं ।’

ट्रम्पले किमसँग मिलाएको हात हल्लाउँदै भने, ‘यो सत्य हो ।’

यस कारण छ विश्वको नजर

जनवरी २०१८ मा नयाँ सुरुआत भयो । उत्तर कोरियाली शान्तिको पहल थाल्यो । मार्च महिनामा दक्षिण कोरियाले आफ्नो सुरक्षा सल्लाहकार र एक अधिकारीलाई उत्तर कोरिया पठायो । त्यसपछि दुवै अधिकारी ट्रम्पसँग वार्ताको प्रस्ताव लिएर अमेरिका गए । ट्रम्प सहमत पनि भए । तर, बीचमा फेरि खटपट सुरु भयो । अवस्था यस्तो भयो कि ट्रम्पले वार्ता नै रद्द गरेको घोषणा गरे ।

तर, उत्तर कोरियाले फेरि वार्ताको पहल थाल्यो र अहिले विश्वकै सुन्दर र सुरक्षित शहर सिंगापुरमा दुवै नेताहरु भेटवार्तामा बसेका छन् ।

यो भेटवार्ताबाट उत्तर कोरियाले परमाणु कार्यक्रम बन्द गर्ने प्रतिवद्धता जनाउने अपेक्षा गरिएको छ ताकि उत्तर कोरियामा लगाइएका प्रतिवन्ध हटाएर र आर्थिक अवस्थामा सुधार ल्याउन सकियोस् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org