ताजा समाचार

राजपाको बटमलाईन – ‘सांसद चौधरीको शपथ’

काठमाडाैं २९, जेष्ठ । मधेस आन्दोलनको सहयात्री संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टीभित्र जबर्जस्त बहस सुरु भयो, सरकारमा जाने कि दिएको समर्थन फिर्ता लिने ?

प्रदेश २ मा फोरमसहित मिलेर बनाएको आफ्नो सरकार एकातिर, केन्द्रमा चाहिँ आफु अर्कातिर भएपछि कुरा चलेको थियो, अब प्रदेशमा पनि राजपाबाहेकको सरकार बन्छ । यसलाई हल्ला भन्दै राजपाको अध्यक्षमण्डलले केही दिनअघि विज्ञप्ती नै जारी गरेर फोरम केन्द्र सरकारमा गए पनि प्रदेश सरकार कायमै रहने र त्यसले निरन्तरता पाउन दावी पनि गर्यो ।

पछिल्लो समय राजपालाई पनि सरकारमा सामले हुन सत्तारुढ दल नेकपाले आग्रह गरेपछि उसले एउटा सर्त तेस्र्याएको छ, सांसद रेशम चौधरीको शपथग्रहण ।, आजको कान्तिपुरमा यो खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org