रमजानको समय काबुलमा भएको आक्रमणमा १२ को मृत्यु ३१ घाइते
काबुल, २८ जेठ । अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।
आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
कार्यालयको काम सकेर रमजान मनाउन घर तर्फ जानका लागि बसको प्रतिक्षामा रहेकाहरूमाथी बम आक्रमण भएको बताइएको छ ।
अफगानिस्तानको राजधानी काबुलमा भएको आक्रमणको जिम्मेवारी इस्लामिक स्टेट (आईएस)ले लिएको छ ।
ग्रामिण पुनर्उद्धार तथा विकास मन्त्रालयको मुल प्रवेशद्वारमै विस्फोटनको घटना भएको प्रहरी र स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
घर जानका लागि बस कुरिरहेका कर्मचारीहरुको भिड भएको ठाँउमा आत्मघाती आक्रमणकारी घुसपैठ गरेर बम विस्फोटन गराएको ग्रामिण मन्त्रालयका प्रवक्ता फारिडुम अजहान्डले बताए ।
“मेरा सहकर्मीहरू रमजान मनाउनका लागि घर जान कार्यालयबाट विदा लिएका थिए, उनीहरूमाथि भएको आक्रमणको घटनाले मलाई निकै दुःखी बनाएको छ,” एक जना कर्मचारीले भने ।
स्थानीय समयअनुसार दिउसो एक बजेतिर आक्रमण भएको र कार्यालयका कर्मचारीहरूलाई नै लक्षित गरेर आत्मघाती आक्रमण गराइएको प्रहरीका प्रवक्ता हस्मात स्टानिक्जाइले बताए । रासस÷एएफपी
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...