ताजा समाचार

५० मिनेटकाे ट्रम्प- किम वार्ता सम्पन्नः ट्रम्पले भने, ‘बैठक अत्यधिक सफल, उत्कृष्ट सम्बन्ध’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच सिंगापुरमा ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।

दुबैले एक अर्कासँग हात मिलाएर भेटवार्ता सुरु गरेका थिए । भेटवार्तामा जनुअघि होटलको लाइब्रेरीमा दुबै नेताले छोटो पत्रकार सम्मेलन राखे ।

उक्त बैठक लगभग ५० मिनेटसम्म चलेको थियो ।

अहिले किम र ट्रम्प आफूसँगै आएका वरिष्ठ सल्लाहकार र सहयोगीसँग बैठक गरिरहेका छन् ।

एनपीआर न्यूजका लागि ह्वाइट हाउस संवाददाताले ट्रम्पलाई बैठक कस्तो चलिरहेको छ भनी प्रश्न सोध्दा ‘अत्यधिक अत्यधिक सफल । उत्कृष्ट सम्बन्ध’ भनी जवाफ दिएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org