ताजा समाचार

ट्रम्प–किमको भेटबारे ल्याङ्ग्वेज एक्सपर्टको धारणा यस्तो छ…

काठमाडाैं २९, जेष्ठ । यदि बडि ल्याङ्ग्वेज एक्सपर्टलाई मान्ने हो भने सिंगापुरमा ट्रम्प र किम जोंग उनबीच भएको हाई प्रोफाइल मिटिङमा दुबै नेताले पहिलो ६० सेकेन्डमा एकअर्कामाथि हावी हुने कोसिस गरे । हात मिलाउने क्रममा दुबै नेता यसबारे निकै सतर्क देखिए । ट्रम्पको बडी ल्याङ्वेजले उनी एक लिडर भएको र भेटघाटको नेतृत्व उनैले गर्ने भन्ने दर्साइरहेको थियो ।

पूरा भेटघाटका क्रममा ट्रम्प बोलिरहेको र किम जोंगले उनलाई सुनिरहेको देखियो । यद्यपी, यो क्रममा किम जोंग उनले ट्रम्पको हात पनि थप्थपाइरहेका थिए ता कि उक्त कुराकानीमा उनको नियन्त्रण छ भन्ने लागोस् । त्यसपछि ट्रम्प नेतृत्व गर्ने बडी ल्याङ्ग्वेजसहित किम जोंगसँगै लाइब्रेरीतर्फ अगाडि बढेको देखिए । ट्रम्पले यतिबेला आफ्नो हात किम जोंग उनको पिठ्युँमा राखेका थिए ।

तर लाइब्रेरी पुगेर कुर्सीमा बसेपछि दुबै नेता नर्भस देखिएका थिए । ट्रम्पको अनुहारमा अचम्मको मुस्कान थियो । यस्तै, किम जोंग पनि भुइँतिर हेरिरहेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org