ताजा समाचार

नेपालको कम्युनिष्ट एकताले विश्वका कम्युनिष्टहरु उत्साहित: माधव नेपाल

काठमाडौ २९, जेष्ठ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ब्राजिलमा आयोजित इन्टरनेशनल पिपुल्स एसेम्लीमा भाग लिएर मंगलबार स्वदेश फर्किने क्रममा  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालमा भएको कम्युनिष्ट एकताप्रति अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरु अति उत्साही रहेको बताएका छन् ।

वरिष्ठ नेता नेपालले एमाले र माओवादी केन्द्रबीचको एकताबाट विश्वका सबै कम्युनिष्ट पार्टीहरु अन्त्यन्तै उत्साही रहेकोे आफूले पाएको बताएका हुन् ।

त्यसक्रममा नेपालमा माक्र्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एशीयन स्कूल स्थापनाका लागि वरिष्ठ नेता नेपाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले ब्राजिलस्थित फ्लोरेस्टन फर्नान्डेज नेशनल स्कुलको पनि अवलोकन गरेका थिए ।

स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाईका अनुभव पनि  ग्रहण गरिएको वरिष्ठ नेता नेपालले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले  नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि बताए ।

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्धिपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org