ताजा समाचार

जम्मु कश्मीरमा राइजिङ कश्मीर पत्रिकाका सम्पादकसहित ४ जनाको हत्या

 

 

एजेन्सी । भारतको श्रीनगरमा राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारीसहित बिहीबार दुई सुरक्षाकर्मीको गोली हानेर हत्या भएकाे छ।

सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको लाल चोक नजिक साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको समेत हत्या भएककाे छ ।

 

जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।

उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org