क्रोएशियाको नाइजेरियामाथि २-० को जीत
काठमाडाैै, ३ असार । विश्वकपको समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २-० ले हराएको छ ।
नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा क्रोएशियालाई आत्मघाती गोल उपहार दिएका थिए । त्यसपछि ७१ औं मिनेटमा लुका मोड्रिचले पेनाल्टीमार्फत गोल गरे ।
कालिनिग्राद स्टेडियममा भएको यो खेलमा विलियम इकोकले ७१ औं मिनेटमा मोजुकिचलाई डिबक्सभित्र लडाएका थिए । त्यसपछि रेफ्रिले क्रोएशियालाई पेनाल्टी दिए । यो अवसरलाई लुकाले सदुपयोग गरे र बललाई जाली चुमाए ।
यसअघि नाइजेरियाका एटेबोले ३२ औं मिनेटमा आफ्नै पोष्टमा गोल हाने । क्रोएशियाको मोजुकिचले गरेको हेडिङलाई बचाउन खोज्दा एटेबोले बललाई आफ्नै गोलपोष्टमा छिराएका थिए ।
विश्वकपमा नाइजेरिया र क्रोएशिया पहिलोपटक आमनेसामने भएका थिए । तर, नाइजेरियाले १४ पटकसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । ४७ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राखेको नाइजेरियाले ५ कर्नर प्रहारको अवसर पाएको थियो ।
फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् ।
क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको छ ।यसैगरी नाइजेरियाले विश्वकपमा ६ पटकसम्म भाग लिएको छ । उसले १९ म्याच खेल्दा केबल ५ मा जित निकालेको छ । ११ खेल हार्दा ३ खेल बराबरी भएका छन् ।
विश्वकप २०१८ मा आज तीन खेल हुँदैछन् । नेपाली समयअनुसार पहिलो खेल कोस्टारिका र सर्वियाबीच पौने ६ बजे, दोस्रो खेल जर्मनी र मेक्सिकोबीच बेलुका पौने ९ बजे तथा तेस्रो खेल ब्राजिल र स्वीटजरल्याण्डबीच राति पौने १२ बजे हुने छ ।
Comments
अरु समाचार
-
भिसा नआएपछि नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’
काठमाडौँ। इङ्ल्यान्ड ‘सी’ सँग मैत्रीपूर्ण खेल खेल्न बेलायत प्रस्थान गर्न लागेको नेपाली राष्ट्रिय टोलीको ‘फ्लाइट क्यान्सिल’ भएको छ। टोली मंगलबार बिहान...
-
भलिबल प्रतियोगितामा नेपालले बङ्गलादेशसँग फाइनल खेल्दै
काठमाडौं । नेपाली टोलीले मित्रराष्ट्र बङ्गलादेशको राजधानी ढाकामा जारी अन्तर्राष्ट्रिय यु–१९ भलिबल प्रतियोगिताको आज फाइनल खेल खेल्दै छ । नेपालले...
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, टिममा पाँच परिवर्तन
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान...
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
काठमाडौ । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...