नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु
एएफपी । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।
बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमणकारीले विष्फोट गराएका बताइएको छ ।
सरकार पक्षधर लडाकू नेता बाबाकुरा कोलोले भन्नुभयो, आक्रमण बोको हराम समूहले गराएको भन्ने बिषयमा कुनै शङ्का छैन । घटनापछि पनि ग्रिनेडको सहयोगमा घटनामा उद्धार गरिरहेका र उद्धारका समय वरपर बसेर हेरिरहेका सर्वसाधारणलाई आक्रमण गर्दा दर्जनौँ मानिस घाइते भएका छन् । घाइतेमध्ये केही मानिसको अवस्था गम्भीर रहेको बताउदै मृतक सङ्ख्या केही बढ्न सक्ने बताइएको छ ।
नाइजेरियामा बोको हरामविरुद्ध लगातार सरकारले चलाएको सुरक्षा कारबाही पछि पछिल्लो समय बोको हरामका गतिविधिमा केही कमी देखिएका समय उत्तरी क्षेत्रमा पुनः आक्रमण भएको हो । रासस÷एएफपी
Comments
अरु समाचार
-
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मन जारी
काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योलले सोधपुछका लागि गरिएको परिपत्रलाई दोस्रो पटक अस्वीकार गर्दै अनुसन्धान प्रक्रियामा सहभागी...
-
रूस र युक्रेनबीचको युद्धमा उत्तर कोरियाका एक हजार १०० सैनिकको मृत्यु
काठमाडौं । रूस र युक्रेनबीचको युद्धमा एक हजारभन्दा बढी उत्तर कोरियाली सैनिक हताहत (मृत्यु वा घाइते) भएको दक्षिण कोरियाको ज्वाइन्ट...
-
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
काठमाडौं । पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र विवाह प्रमाणपत्रहरू प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य गरेको छ...
-
नेपालमा चिनियाँ भाषाको आकर्षण बढ्दो, भाषाका माध्यमबाट चीन चिनाइँदै
काठमाडौं । विश्व बजारमा छिमेकी चीनको प्रभाव विस्तार हुँदै गएका बेला नेपालमा चिनियाँ भाषाप्रतिको आकर्षण बढेको छ । विभिन्न बिद्यालय...
-
इरानी प्राविधिकको समर्थनमा तेहरानद्वारा अमेरिकाको विरोध
काठमाडौं । संवेदनशील अमेरिकी प्रविधि इरानलाई हस्तान्तरण गरेको आरोपमा इटाली र संयुक्त राज्य अमेरिकामा दुई जना इरानी नागरिकलाई पक्राउ गरिएकोमा...
-
‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार
काठमाडौं । भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको...
-
इजरायल र हमास निरन्तर वार्तामा, युद्धविराम र बन्धक रिहा गर्ने सहमति नजिक
जेरुसलेम । इजरायल र हमासबीच युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतामा ९० प्रतिशत प्रगति भएको प्यालेस्टाइनले जनाएको छ । वार्तामा...
-
युक्रेनको राजधानीमा भयानक विस्फोट
काठमाडौं । युक्रेनको राजधानी किएभमा शुक्रबार बिहान शृङ्खलाबद्ध विस्फोटको आवाज सुनिएको र शहरको केही भागमा धुवाँ उडिरहेको देखिएको एएफपीका स्थानीय...
-
सिरियामा दुई हजार अमेरिकी सेना तैनाथ
काठमाडौं । हाल सिरियामा लगभग दुई हजार अमेरिकी सेना तैनाथ रहेका रक्षा विभाग (डीओडी) ले जनाएको छ । पेन्टागनका प्रवक्ता...