नेताले झुक्याए नारच्याङ बासीलाई, ऋण खोजेेर सडक खन्दा बेच्नु पर्यो श्रीमतीको गहना
म्याग्दी ४, असार । म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका हुन् ।
निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पूरा नभएपछि ऋणमा चुर्लुम्मै डुबेका छन् ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बेंशीबाट लेकगाउँ जोड्ने बेँशी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचित जनप्रतिनिधिको आश्वासन पूरा नहुँदा स्थानीयवासीले तीन वर्ष अगाडि शुरु गरेको सडक निर्माण कार्य अलपत्र परेको छ । बेँशीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा संकलन गरे पनि पर्याप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताए । ‘सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुनसमेत धितो राखेको छु, बजेट छुट्टियो भनेर काम शुरु गरियो, पछि बजेट सुको आएन’, पुर्जाले भने । व्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको छ ।
करीब ६०० घरधुरी रहेको लेकगाउँ आलुखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।
तत्कालीन जिविसबाट रु छ लाख, पूर्वसांसद रेशमबहादुर बानियाँको कोषबाट रु तीन लाख प्राप्त भए पनि अझै करीब रु १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाइ छ ।
पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएको समितिको भनाइ छ । गाउँसम्म सडक पुर्याउन कडा चट्टान फोर्नुपर्ने भएकाले दुई करोड लागत अनुमान गरिएको छ ।
मिस्त्रीखोला जलविद्युत् आयोजनाले बेँशीगाउँ माथिसम्म सडक विस्तार गरेको छ । लेकगाउँबाट उत्पादन हुने अग्र्यानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताए ।
जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकताअनुसारको बजेट नहुँदा स्थानीयले आफ्नो खेतबारीको लालपूर्जासमेत धितो राखेर लगानी गर्ने गरेका छन् ।
Comments
अरु समाचार
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्ति विवादको मुद्धा हेर्दाहेर्दैमा, अर्को पेसी वैशाख १७ गते
पोखरा। गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्तिसम्बन्धी विवादको विषयमा बहस नसकिएपछि सर्वोच्च अदालतले त्यसलाई हेर्दाहेर्दैमा राखेको छ । न्यायाधीश सपना प्रधान...
-
गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमाथिको सुनुवाइका कारण १९ मुद्दा स्थगित भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारी नियुक्त
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको...
-
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस
काठमाडौं । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्...
-
गण्डकीमा सरकार गठनका लागि ७ दिनको समय
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएकाे छ । बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश...